डा. राकेश परियार
नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउने क्रम बढ्दै गएको छ । हालसम्म अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको छ भने ६४ लाख डोज खोप केही दिनमा नै भित्रिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २७ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज खोप लगाएका छन् ।
पक्कै पनि कोरोना रोकथामको लागि अब हामि संग तिन वटा बिकल्प मात्र बाकि छन् । ति हुन् पहिलो भ्याक्सिन दोस्रो भ्याक्सिन र तेस्रो पनि भ्याक्सिन अथवा भ्याक्सिन निरपेक्ष हो भने अरु सापेक्ष हुन् । भ्याक्सिन गाँउ गाउँमा पुग्न थाले पछि हामिले लगाउने भ्याक्सिन कस्तो खाले हो, प्रभावकारिता कति छ, कति पटक लगाउनु पर्ने, असरहरु के के हुन्, कस्ता ब्यक्तिले लगाउन हुने तथा कस्ता ब्यक्तिले लगाउन नहुने भन्ने प्रश्नहरु आम मानिसका मनमा उब्जिएका छन् । यो लेख अन्र्तगत यि सबै प्रश्नहरुको उत्तर दिने कोशिस गर्ने छु ।
कोभिड १९ खोपको सामान्य जानकारी
यो खोपको मात्रा ०.५ मिलि हो र कोभिसिल्ड र भेरोसेल खोप दुई पटक लगाइन्छ भने जोन्सन एंड जोन्सन खोप एक पटक मात्रै लगाईन्छ ।
कोभिसिल्ड खोपको प्रभावकारिता ७०% भेरोसेल खोपको प्रभावकारिता ७९% रहेको छ भने जोन्सन एंड जोन्सन खोपको प्रभावकारिता ६६% रहेको बिभिन्न अध्ययनले देखाएको छ ।
यो खोपहरु १८ बर्ष देखि माथि उमेर समुह भित्रको नागरिकहरुले लगाउन मिल्छ भने १३ देखि १८ बर्ष सम्मको उमेर समुह भित्रका बालबच्चा हरुको लागि फाईजर खोप ल्याउने तैयारी भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप लियपछि केहि ब्यक्तिहरुमा पुन संक्रमण हुन त सक्छ तर खोप लिई सके पछाडि कोरोना संक्रमण भयता पनि गम्भिर बिरामि पर्ने सम्भावना निकै कम हुन्छ । पुर्ण रुपले सुरक्षित हुन पहिलो मात्रा लगायपछि दोस्रो मात्रा पनि लगाउनै पर्दछ ।
कोभिसिल्ड खोपको पहिलो डोज लगायको लगायको ८ देखि १२ हप्ता पछि दोस्रो डोज लगाउनु पर्दछ, भेरोसेल खोपको पहिलो डोज लगायको ४ हप्ता पछि दोस्रो डोज लगाउनु पर्दछ भने जोन्सन एंड जोन्सन खोपको पहिलो डोज मात्र लगाय पुग्छ । पहिलो खोपको डोज जुन नाम वा कम्पनिको लगायको छ दोस्रो डोज पनि उहि नाम वा कम्पनिको लगाउनु आबश्यक हुन्छ यसको मतलब यदि पहिलो डोज कोभिसिल्ड लगायको छ भने दोस्रो डोज भेरोसेल लगाएर कुनै अर्थ रहदैन कोभिसिल्ड नै लगाउनु पर्छ ।
कोभिड १९ खोप लगाउन हुने अबस्थाहरु
१. मुटु रोग श्वासप्रश्वास सम्बन्धि समस्या मधुमेह शिकलशेल जस्ता समस्या भयका बिरामिलाई कोभिड संक्रमण हुने सम्भावना बढि हुने भयकाले खोप लिनु झनै अनिवार्य हुन्छ ।
२. रगत पातलो बनाउने औषधि, क्यान्सर सम्बन्धि औषधि लगायत अन्य औषधि सेवन गरेका बिरामिहरुले समेत यि खोप लगाउन मिल्छ ।
३. महिनावारी भएको समयमा, गर्भवति महिला, गर्भवति हुन प्लान गरेका महिला तथा स्तनपान गराई रहेका महिलाहरुलाई समेत यो खोप लगाउन मिल्छ
कोभिड १९ खोप दिन नहुने अवस्था
१. १८ बर्ष भन्दा कम उमेरका व्यक्ति कोभिसिल्ड, भेरोसेल र जोन्सन एंड जोन्सन खोपको हकमा भने १३ बर्ष भन्दा कम उमेरका व्यक्ति फाईजर खोपको हकमा ।
२. छारे रोग ९भ्उष्भिउकथ०, न्गष्ििष्बल( द्यबचचभ क्थलमचयmभ जस्ता मस्तिष्क सम्बन्धी रोग भएको व्यक्ति
३. क्ष्mmगलयनयिदगष्लि र ःयलअयिलब िबलतष्दयमथर अयखबभिकअभलत उबिकmब लिएको व्यक्ति तर यस प्रकारको थेरापि लिएको व्यक्तिले ३० दिन पछि यो खोप लगाउन मिल्छ ।
४. हाल कोभिड – १९ संक्रमण भएको तर संक्रमण मुक्त भएको ३० दिन पछि भने खोपको तालिका अनुसार लगाउन मिल्छ ।
५. यो खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिकृया भएको
६. कुनै पनि कारणले गम्भिर विरामी भएको वा उच्च ज्वरो भएको तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ ।
कोभिड १९ खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाहरु
क) सामान्य असरहरु
१. खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, चिलाउने, केहि रातो हुने
२. टाउको दुख्ने,जीउ दुख्ने र ज्वरो आउने
३. मांशपेशीहरु दुख्ने र जोर्नीहरु दुख्ने
४. थकाइ लाग्ने , आलस्य लाग्ने, कमजोरी भएको महसुस हुने र रिङ्गटा लाग्ने
५. भोक नलाग्ने, वाकवाकी लाग्ने र वान्ता हुने
मथिका समस्याहरु समाधान गर्नको लागी १ ग्राम पारासिटामोल प्रयोग गर्न सकिन्छ भने सामान्य लक्षणहरु १–२ दिनपछि आफै ठिक भएर जान्छन् त्यसैले आत्ति हाल्नु पर्ने आबश्यक रहदैन ।
ख) गम्भिर असरहरु
१. गम्भिर किसिमका असरहरु हुदैनन् तर विरलै देखिने एलर्जी वा एनाफाइलेक्सिस प्रतिकृया हुनसक्छ । यस प्रकारको असर खोप लगाएको ५ मिनेट देखि आधा घन्टा भित्र हुन सक्छ ।
तर खोप सेन्टरहरुमा खोप लगाउने हरुको भिड निकै चिन्ताजनक छ भने पछिल्ला दिनहरुमा कोरोना संक्रमण पुन उकालो लाग्ने क्रममा छ । यसका लागि नेपाल सरकारले खोपकेन्द्रहरु थप गरि भिड ब्यबस्थापन गर्नु अत्यन्तै आबश्यक छ भने खोप लगाउने हरु समेत सामाजिक दुरि कायम गरि लाईन बस्ने, मास्कको प्रयोग गर्ने, नियमित हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाड नगर्ने जस्ता आचरण पालना गर्नुृ निकै अनिर्वाय छ । स्वास्थ्य नागरिकको नेैसर्गिक अधिकार, पुर्ण खोप नेपाल कोभिड १९ स्वयं सेवाको ९ऋख्क्० सरोकार ।
No comments:
Post a Comment